२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै



काठमाडौँ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ ।
नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने सचिवालय बैठकमा पार्टी एकता तथा स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन गराउने विषयमा छलफल हुने छ ।


स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका काम सम्पन्न गर्ने निर्णय गरेको थियो।
यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आइतबारका लागि सारिएको थियो ।


त्यस्तै नेकपाका विभाग र प्रतिष्ठानबारे अध्ययन गर्न सचिवालयले नै कार्यदल गठन गर्ने भनिएको छ।
यसअघि स्थायी कमिटी बैठकले आवश्यकताका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद पुनर्गठन गर्दा कुन मापदण्डका आधारमा गर्ने भनेर सचिवालयमा छलफल हुने बताइएको छ।

नेकपाको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो। यसअघि प्रायः सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्थे।

स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका काम सम्पन्न गर्ने निर्णय गरेको थियो।

त्यस्तै नेकपाका विभाग र प्रतिष्ठानबारे अध्ययन गर्न सचिवालयले नै कार्यदल गठन गर्ने भनिएको छ।

प्रकाशित मिति : २०७७, ४ आश्विन आइतबार ००:००  १० : ३४ बजे