२०८१, १४ जेठ सोमबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा काेराेना संक्रमितकाे संख्या ५८४ पुग्याे



अनलाइन सराेकार

काठमाडौं – थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ८४ पुगेको छ ।

बाँकेमा २७ जना, बैतडीमा चार जना, बर्दियामा एक जना, झापामा एक जना र सुर्खेतमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा एक जना, झापाको झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएका हुन् ।

यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७, १० जेठ शनिबार ००:००  २ : ४८ बजे