२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्ण सीट क्षमतामा यात्रु राख्ने यातायात व्यवसायीको चेतावनी



काठमाडौं । पूर्ण सीट क्षमतामा यात्रु राखेर यातायात सञ्चालन गर्ने यातायात व्यवसायीहरुले चेतावनी दिएका छन् । असोज १ गतेदेखि आधा सीट क्षमतामा ५० प्रतशत बढि भाडा लिएर यात्रु ओसारपोसार गरिरहेका यातायात व्यवसायीहरुले एअरलाइन्सलाई पूर्णक्षमतामा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेपछि यस्तो चेतावनी दिएका हुन् ।

सरकारले एयरलाइन्सहरुलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरेर सरकारले विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए । पहुँचकै आधारमा जहाजले सबै सिटमा यात्रु राख्ने अनुमती पाएको उनको आरोप छ ।

जहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड अनुसार पूरा सिटमा यात्रु राख्ने उनको चेतावनी छ ।

प्रकाशित मिति : २०७७, ४ आश्विन आइतबार ००:००  ५ : ५७ बजे