२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा एक नेपालीको मृत्यु, काेराेनाकाे श‌ंका



अनलाइन सराेकार

काठमाडाैं – भारतमा शनिबार एक नेपालीकाे मृत्यु भएकाे छ । नौतनवास्थित क्वारेन्टाइनमा बसेका स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय एक पुरुषकाे मृत्यु भएकाे हाे ।

जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका उनको शनिबार मृत्यु भएको बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले पुष्टि गरेका छन् ।

उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर सुनौली नाकासम्म आएपनि नेपाल तर्फबाट उनलाई बुझ्ने कोही नआएपछि उनी नेपाल प्रवेश गर्न पाएका थिएनन् । उनको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार महाराजगंज अस्पतालमा चेकजाँच गरेर पुनः क्वारेन्टाइन फर्केका थिए ।

मृतकको कोरोना परीक्षण गरेर पोजेटिभ पुष्टि भए भारतमै अन्त्येष्टी गरिने र नेगेटिभ रिपोर्ट आए नेपाल ल्याएर आफन्तलाई शव बुझाइने प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७, १० जेठ शनिबार ००:००  ३ : २५ बजे