काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) रोकथाममा सिन्धुलीमा झण्डै ९ करोड रुपैयाँ खर्च भएको छ । जिल्लाका दुई नगरपालिका सहित नौंवटै स्थानीय तहमा गरी ८ करोड ८२ लाख ८० हजार ८ सय १७ रुपैयाँ ४१ पैसा खर्च भएको हो ।
जिल्लाले आरडिटी तथा पीसीआर टेष्ट, उपचार, क्वारेन्टाइन, आइसोलेसन निर्माण तथा व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि खरिद, जोखिम भक्ता लगायत विभिन्न शीर्षकमा उक्त रकम खर्च गरेको हो ।
गत भदौं ११ गतेसम्ममा नगरपालिकामा २ करोड १४ लाख ४१ हजार ३ सय ३५ रुपैयाँ ३५ पैसा खर्च भएको थियो । एक करोड ५७ लाख ६१ हजार ७ सय ४८ रुपैयाँ ३८ पैसाको राहत वितरण ,२४ लाख २६ हजार ८ सय ३९ रुपैयाँ क्वारेन्टिन व्यवस्थापन, नगर क्षेत्रका ५२ जना सुत्केरी महिलालाई १र१ लिटर घ्यू वितरणमा २ लाख रुपैयाँ र एक लाख जिल्ला समन्वय समितिलाई सहयोग उपलब्ध गराएको कमलामाई नगरपालिकाका प्रमुख पशासकीय अधिकृत विशकसेन ढकालले जानकारी दिए ।
कोरोना भाइरस रोकथाममा खटिएका सिन्धुली अस्पतालका कर्मचारीलाई ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता, यस्तै १४ लाख ९३ हजार ३४२ रुपैयाँ स्वास्थ्य सामाग्री खरिद गरिएको , १ लाख ७४ हजार २५२ रुपैयाँ स्वास्थ्य तर्फका कर्मचारीको तलबबाट कट्टा भएको रकम फिर्ता गर्नुका साथै अन्य विभिन्न काममा बाँकी रकम खर्च गरेको ढकालको भनाइ छ ।
दुधौली नगरपालिकाले गत असार मसान्त सम्ममा एक करोड ६७ लाख १ हजार ४ सय ६७ रुपैंयाँ खर्च गरेको छ । क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा १७ लाख ४१ हजार ७ सय ७१ रुपैयाँ ७५ पैसा,औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्री व्यवस्थापनका लागि ४७ लाख ४ हजार ५६ रुपैयाँ ७५ पैसा, क्वारेन्टिनमा बस्नेहरुको उपचार व्यवस्था, खाजाखाना तथा यातायात खर्चमा ४५ लाख ८ हजार २ सय ८१ रुपैयाँ ७५ पैसा खर्च गरेको तथा राहत वितरणका लागी ५७ लाख ४७ हजार ३ सय ५६ रुपैयाँ ७५ पैसा खर्चगरेको नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए ।
तिनपाटन गाउँपालिकाले १ करोड २३ लाख ३२ हजार ९ सय ७९ रुपैंया खर्च गरेको छ । गाउँपालिकाले ४६ लाख २४ हजार बढीको राहत वितरण गरेको छ । तिनपाटनमा कर्मचारी जोखिम भक्तामा मात्र ४३ लाख ९० हजार ३ सय ४४ रुपैयाँ खर्च गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिए ।
मरिण गाउँपालिकाले पनि गत असार मसान्तसम्ममा ९६ लाख ५० हजार ८ सय ६६ रुपैयाँ खर्च भएको जनाएको छ । ’स्वास्थ्यकर्मीको जोखिम भक्तामा २२ लाख ९४ हजार र राहत वितरणमा ५० लाख ६० हजार ८७ रुपैयाँ खर्चभएको छ, क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा लागि २ लाख ६० हजार १ सय ३४ रुपैंया, खानामा एक लाख ९३ हजार ९ सय ९७ रुपैयाँ, औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा १६ लाख ८२ हजार २५८ रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले बताए ।
फिक्कल गाउँपालिकाले कोरोना रोकथाम शीर्षकमा ६८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । जसमध्य क्वारेन्टिन व्यवस्थापन खानाखाजा सहित १९ लाख १ हजार रुपैंयाँ खर्च भएको गाउँपालिकाले जनाएको हो । पालिकाले माक्स, सेनिटाइजर, सावुन, बेड, औषधि लगायतमा २३ लाख २२ हजार रुपैंयाँ खर्च भएको छ ।
घ्याङलेख गाउँपालिकामा गत असार मसान्तसम्ममा ५९ लाख ६३ हजार ९ सय ९२ रुपैंयाँ खर्च गरेमको छ । प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीका अनुसार पालिकाले सबै भन्दा बढी कोरोना जोखिम भक्तामा १५ लाख ३४ हजार १ सय २ रुपैंयाँ खर्च गरेको छ ।
हरिहरपुरगढी गाउँपालिकाले ६१ लाख ६९ हजार ६७९ रुपैयाँ , सुनकोसी गाउँपालिकाले १३ लाख ४१ हजार ५४ र गोलन्जोर गाउँपालिकाले ७६ लाख ९४ हजार ६९ रुपैयाँ खर्च गरेको जनाएका छन् ।












