काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो।
‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्ने भएको छ,’ श्रेष्ठले ट्वीट गरेका छन्।
यसअघि पहिलो पटक आइतबार नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो।