२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कात्तिक पहिलो साताभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन निर्देशन



काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो ।
नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मकरनकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ ।
नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदैछ । त्यसैले समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : २०७७, ५ आश्विन सोमबार ००:००  १ : २६ बजे