२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसैले दुरूत्साहन गरेपछि मबाट गल्ती भयो : बालिका खड्का



काठमाडाैँ । बालिका खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफूले लगाएको आरोप गलत रहेको बताएकी छन्।

नेकपा नेतृत्वलाई एक पत्र पठाउँदै उनले सञ्चारमन्त्री तथा हाल प्रदेश १ का मुख्यमन्त्री राईसँग आफ्नो कुनै सम्वन्ध र सम्पर्क नरहेको बताएकी हुन्।
आफूले अरुकै दूरुत्साहनमा परेर अदालतमा मुद्दा दायर गरेको भन्दै उनले प्रमाण नहुँदा पनि त्यसरी आरोप लगाउँदा ठूलो गल्ती महसुस भएको बताएकी छन्। हाल उनले सो मुद्दा भने फिर्ता गरिसकेकी छन्।
कसैले राजनीतिक अभिष्ट पुरा गर्नेगरी आफ्नो भविष्यमाथि खेलवाड गरेर मन्त्री राईविरुद्ध आफूलाई गलत प्रयोग गरेको र आफ्नो यो गल्तीलाई नेकपाको नेतृत्वले क्षमा गरी पूर्ववत जिम्मेवारीमा पुनर्स्थापित गराउन पनि उनले आग्रह गरेकी छन्।

प्रकाशित मिति : २०७७, ५ आश्विन सोमबार ००:००  ९ : १७ बजे