२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनालाई हल्का नलिनु : क्याप्टेन विजय लामा



काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।

कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको उनले जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’
उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’
क्याप्टेन लामाले यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : २०७७, ६ आश्विन मंगलबार ००:००  ११ : ०३ बजे