२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १ हजार ३५६ जना कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १५४ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

यस्तै थप ७२३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ४८ हजार ६१ पुगेको छ । यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४२९ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ६ आश्विन मंगलबार ००:००  ४ : ३२ बजे