२०८१, ६ मंसिर बिहीबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिकर्मी यज्ञप्रसाद आचार्यको निधन



काठमाडौ । पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो । उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।
राजपरिषद् स्थायी समितिका सदस्य रहेका आचार्यको नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा योगदान रहेको छ । जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेह्रथुमका लागि उनले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए ।
उनको अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।
धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मिएका आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको थिए । आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छन् ।

प्रकाशित मिति : २०७७, ७ आश्विन बुधबार ००:००  ११ : ४२ बजे