२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माेलुङ् हाइड्रोका कर्मचारीलाई यसरी लाग्याे करेन्ट !



ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर हाइड्रोका एक कर्मचारीकाे ज्यान गएको छ । मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर मोलुङ–१ कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर ज्यान गएको हो ।

मोलुङ हाइड्रोको हाइटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका– १२ को भँडारेमा पोलमा चड्दा विद्युत् सर्ट हुँदा करेन्ट लागेर खत्रीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख रूपेश खड्काले जानकारी दिए । मृत अवस्थामा विद्युतको पोलमा झुन्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खत्रीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

प्रकाशित मिति : २०७७, ७ आश्विन बुधबार ००:००  २ : ४६ बजे