२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा पहिरो,बालिकासहित पाँच जना बेपत्ता




काठमाडौ । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जना बेपत्ता भएका छन्। पहिरोले फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएका हो ।

बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।

प्रहरीका अनुसार हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका भएका छन्।
बेपत्ता हुनेहरूमा एकजना पुरुष, २ महिला र २ बालिका रहेका छन्।

मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोएका छन्।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली घटनास्थलतर्फ हिँडेको छ।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहीबार ००:००  १२ : ४० बजे