२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ६ जना नयाँ कोरोना संक्रमित थपिए



काठमाडौ । ओखलढुुंगामा थप ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गत सोमबार जिल्लाका विभिन्न क्वारेन्टिनमा रहेका ३१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएका मध्ये बिहीबार ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि कोरोना पोजेटिभ देखिएका ३० मध्ये चार जनाको भने दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । अन्य २६ जनाले कोरोनालाई जित्न सफल भएको स्वास्थ्य प्रमुख तिवरीको भनाइ छ । नयाँ कोरोना संक्रमित देखिएकामध्ये धनुसा तथा महोत्तरीबाट आएका केही प्रहरी र केही सर्वसाधारण रहेका छन् ।

जिल्लामा बिहीबार सम्ममा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । यी मध्ये ५४ जना विभिन्न समयमा उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहीबार ००:००  १ : ०४ बजे