काठमाडौँ । बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । मष्टा गाउँपालिकाकी एक बालिकाको बलात्कारपछि हत्या भएको हो ।
बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको र घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ, डीएसपी खड्काले भने ।
पशुचौपाया बाँध्न गएकी बालिका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेको थियो । परिवार र स्थानीयले नै बालिकाको खोजी गर्दै जाँदा घरदेखि २ किलोमिटर टाढा शव फेला परेको डीएसपी खड्काले जानकारी दिए ।
२०७७, ८ आश्विन बिहीबार ००:००
0
Shares