२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट बर्खास्त, यस्ताे थियाे घुसकाे सेटिङ्ग



ओखलढुंगा । ओखलढुंगामा भूकम्पपीडितसँग घुस लिने पुनर्निर्माणका प्राविधीकलाई जागिरबाट बर्खास्त गरिएको छ । मोलुङ्ग गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानुनी हिसाबले रकम लिएका पुनर्निर्माणमा खटिएका प्राविधीक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो ।

मापदण्ड विपरित बनेका घरहरु पास गर्नका लागि प्राविधीक खतिवडाले लाभग्राहीहरुबाट घुस रकम लिएका थिए । पहिलो र दोस्रो किस्ता लिईसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले १० देखि १५ हजारका दरले गैरकानुनी ढंगले रकम असुलेको विषयमा जिल्लाको भिजन एफएमले समाचार प्रकाशन गरेको थियो । स्थानियको गुनासो सहितका समाचार सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयले छानविन थालेको थियो ।

छानविनका क्रममा लाभग्राहीबाट लाखौं रकम उठाएको प्रमाण फेला परेपछि प्राविधीक खतिवडालाई जागरिबाट बरखास्त गरिएको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारकी निमित्त प्रमुख रिता लम्सालले जानकारी दिईन् ।  लाभग्राहीबाट रकम उठाएको विषयमा अनुसन्धान गर्दा प्राविधीकले रकम उठाएको पाईएको र प्राविधीक आफैले पनि गल्ती स्विकारेपछि जागिरबाट बर्खास्त गरिएको निमित्त प्रमुख लम्सालको भनाई छ । लाभग्राहीबाट उठाएको पैसा सम्बन्धित लाभग्राहीलाई फिर्ता गर्न लगाईएको लम्सालले जानकारी दिईन् । ‘जस्को पैसा हो उसैलाई फिर्ता दिनु भनेका छौँ ।’ निमित्त प्रमुख लम्सालले भनिन् ‘जागिरबाट पनि बर्खास्त गरिसकेका छौं ।’

श्रीचौरमा खटिएका डकर्मी कर्णबहादुर तामाङ्ग र प्राविधिक मनोज खतिवडाले भूकम्पपीडित लाभग्राहीहरुबाट घर पास गर्न घुस रकम लिएका थिए । रकम दिएका घरहरुले सबै रकम पाएपछि अन्यले पनि घुस खुवाएर काम गरेका थिए ।

श्रीचौरका करिब ३० लाभग्राही बाट डकर्मी तामाङ्ग र खतिवडाले १० देखी १५ हजारका दरले रकम उठाएको खुलेको छ ।

प्राविधीक खतिवडाले स्थानीयबाट रकम उठाउन पुनर्निर्माणमा खटिएका डकर्मी कर्णबहादुर तामाङ्गलाई परिचालन गरेका थिए । डकर्मी तामाङ्गलाई पनि कारबाहीको प्रक्रिया थालिएकोे जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

नागरिकहरुले खबरदारी गरेमा यस्ता गलत कार्य नहुने भन्दै जिल्लाको अन्य ठाउँमा पनि त्यस्तो भएको भए जानकारी गराउन जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहीबार ००:००  ४ : ३० बजे