काठमाडौं ।दार्चुलामा एक प्रहरी नायब निरीक्षक होटलमा मृत फेला परेका छन्।
शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका -४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन्।
उनी इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका थिए । राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
उनलाई जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो। त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो।
उनको कसरी मृत्यु भयो भन्नेबारे रिपोट आउन बाकि रहेको जोशीले बताए ।












