२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी नायब निरीक्षक होटलमा मृत भेटिए



काठमाडौं ।दार्चुलामा एक प्रहरी नायब निरीक्षक होटलमा मृत फेला परेका छन्।
शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका -४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन्।

उनी इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका थिए । राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

उनलाई जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो। त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो।

उनको कसरी मृत्यु भयो भन्नेबारे रिपोट आउन बाकि रहेको जोशीले बताए ।

प्रकाशित मिति : २०७७, ९ आश्विन शुक्रबार ००:००  ११ : १६ बजे