२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा दिउँसै सुन लुटियो



काठमाडौं ।ओखलढुंगाको रामपुरमा दिउँसै सुनको गहना लुटपाट भएको छ । मोलुङ्ग गाउँपालिका–४ की रुकमाया खतिवडाको सुनको गहना लुटिएको हो ।

विहिबार दिउँसो रामपुर बजार बाट हर्कपुर घर फर्केदै गर्दा रामपुर मुनिको कात्तिके जंगलको भिरमा दुईजना पुरुषले करिब डेढ तोला सुनको गहना लुटेर लगेको खतिवडाले बताईन् । कात्तिके भिरको अप्ठारो बाटोमा माक्स लगाएका अन्दाजी २०–२२ वर्षका दुईजना पुरुषले आँखा छोपी लछारपछार गरेर लगाएको एक तोलाको नौगेडी र करिब आधा तोलाको तिलहरी लुटेर भागेको खतिवडाको भनाई छ ।

सुन लुटिएको विषयमा ईलाका प्रहरी चौकी रामपुरमा खतिवडाले जाहेरी दिएकी छिन् । लुटेराको खोजी तथा अनुसन्धान भईरहेको रामपुर ईलाका प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक श्रीप्रसाद राईले बताएका छन् ।

प्रकाशित मिति : २०७७, ९ आश्विन शुक्रबार ००:००  १२ : १० बजे