२०८१, ६ मंसिर बिहीबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली र प्रचण्ड मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा छन् । बिहीबार मात्रै झण्डै तीन घण्टा छलफल गरेका दुई नेताले शुक्रबार पनि भेटवार्ता गर्दैछन् ।

बिहीवार दिउँसो ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भएपनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन ।

‘मन्त्रिमण्डल पुनगर्ठनबारे दुई अध्यक्षबीचमा बिहीबारबाट औपचारिक रुपमा छलफलको सुरुवात भएको छ । छिटटै यसबारे उहाँहरु ठोस निर्णयमा पुग्ने बुझिएको छ’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यको भनाइ छ ।
सचिवालयले निर्णय नगरेपछि उचित मापदण्ड तय गरेर त्यसैका आधारमा मन्त्रिमण्डल हेरफेर गर्न नेताहरु सहमत हुदै दुवै अध्यक्षलाई जिम्मेवारी दिएका थिए । बिहीबार दुई अध्यक्षबीचको छलफलमा पनि सबै मन्त्री फेर्ने वा दुई वर्ष पुरा भएकालाई हटाउने र वाँकी राख्ने तथा राम्रा काम गरेकालाई राख्दै अन्यलाई फेरवदल गर्ने भन्ने विकल्पमा छलफल भएपनि निर्णय भैनसकेको बताइएको छ ।
प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्डबीचको भेटवार्तामा समावेशी ढंगको नयाँ मन्त्रिमण्डल बनाउनेबारेमा कुराकानी भएको बताइएकोे छ ।
मर्मअनुसार चाडो गर्न सरकारलाई सुझाव दिएको थियो । ओली प्रचण्डबीचको बिहीबारको भेटवार्तामा समेत यसबारे छलफल भएको बुझिएको छ । ओली र प्रचण्डबीच शुक्रबारको भेटवार्तापछि सचिवालय बैठक बोलाएर निर्णय गर्ने तयारी छ । स्थायी समिति सदस्य सुवास नेम्वाङले दुई अध्यक्षबीच छलफल भइरहेकाले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनगर्ठन हुने बताए ।

प्रकाशित मिति : २०७७, ९ आश्विन शुक्रबार ००:००  १२ : २४ बजे