काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका मदिराका विज्ञापनको होर्डिङ बोर्ड हटाउन थालेको छ।
महानगरपालिकाले शुक्रबारबाट आफ्नो क्षेत्रमा भएका मदिराका विज्ञापन हटाउने निर्णय गरेको हो ।
कानुनविपरीत रहेका सबै मदिराका होर्डिङ बोर्डहरु हटाइने तथा मदिराका विज्ञापन गर्न नपाइने ललितपुर महानगरपालिकाका नगरी प्रहरी प्रमुख सिताराम हाछेँथुले बताए ।












