काठमाडौं । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एकजना कैदी आइसोलेसनबाटै भागेका छन् ।
अर्जुनचौपारी गाउँपालिका-४ का युवक भिरकोट नगरपालिकाको हेलुमा कालिका सामुदायिक अस्पतालबाटा बिहीबार राति भागेको प्रहरीले जनाएको छ ।
गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला
भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको थियो । सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ ।
अस्पतालबाट भागेका ती युवाको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।












