२०८३, ५ श्रावण मंगलबार | Wed Jul 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेल्फी डाँडामा पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध




काठमाडौं । नमोबुद्ध नगरपालिका:२ सेल्फी डाँडा नजिकै शुक्रबार बिहान पहिरो खसेर विपि राजमार्ग अवरुद्ध भएको छ। बिहान सडकमाथिबाट खसेको पहिरोको कारण सडक अवरूद्ध भएको नमोबुद्ध नगरपालिका: २ का अध्यक्ष संजिब ढकालले जानकारी दिए।


राजमार्गमा पहिरो खसेपछि वीपी राजमार्ग हुदै पुर्व जाने र पुर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्। पहिरो खसेपछि अवरुद्ध राजमार्ग खोल्नको लागि सडक विभागको तीन वटा जेसिबि पहिरो पन्छ्याउन बाटोमा आउँदै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा प्रमुख विशाल तामाङले जानकारी दिए। राजमार्ग खुलाउनको लागि पहल भइरहेको तामाङले जानकारी दिए।

पहिरो पन्छ्याउने काम सुरु भएको तर दुवैतर्फ अवरुद्ध रहेको कारणले एम्बुलेन्ससमेत रोकिएको वडा अध्यक्ष ढकालले बताए। तत्काल राजमार्ग खुलाउनको लागि जेसिभि बाटोमा आउँदै गरेको ढकालको भनाई छ।

प्रकाशित मिति : २०७७, ९ आश्विन शुक्रबार ००:००  १ : ४२ बजे