२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीका १८ विद्यालय एक विद्यालय एक नर्स कार्यक्रममा छनोट




काठमाडौं । सिन्धुलीका १८ विद्यालय नर्स दरवन्दीको छनौटमा परेका छन् ।

एक विद्यालय एक नर्स कार्यक्रमका लागि सिन्धुलीका १८ बिद्यालय छनौट भएको वागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले असोज ७ गते सुचनामा जारीगरी जनाकारी दिएको छ।

एक विद्यालय एक नर्स कार्यक्रममा सिन्धुलीमा यस वर्ष कमलामाई नगरपालिकामा नमुना गौमती माध्यामिक विद्यालय माढीवजार र जनजागृत माध्यामिक विद्यालय भिमान रहेका छन ।
सुनकोशी गाउँपालिकाको कुशेश्वर विद्यापिठ माध्यामिक विद्यालय, दुम्जा र दिर्घप्रदीप माध्यामिक विद्यालय खाल्टे, घ्याङ्गलेख गाउँपालिकाको माध्यामिक विद्यालय मरिण हायुटार र माध्यामिक विद्यालय अमले, छनौट भएका छन् ।

त्यसैगरी दुधौली नगरपालिकाको कमला माध्यामिक विद्यालय मैनी र जनजागृत माध्यामिक विद्यालय कोक्टी,तीनपाटन गाउँपालिकाको भवानी माध्यामिक विद्यालय र मझुवादोभान माध्यामिक विद्यालय,फिक्कल गाउँपालिकाको सुम्नामसुन्तले माध्यामिक विद्यालय चण्डीभन्ज्याङ र सालघारी माध्यामिक विद्यालय रातामाटा, तथा गोलन्जोर गाउँपालिकाको जनज्योती माध्यामिक विद्यालयखुर्कोट र कामदा माध्यामिक विद्यालय डुँडभन्ज्याङ रहेका छन ।

त्यसैगरी सुनकोशी गाउँपालिकाको कुशेश्वर विद्यापिठ माध्यामिक विद्यालय, दुम्जा र दिर्घप्रदीप माध्यामिक विद्यालय खाल्टे, घ्याङ्गलेख गाउँपालिकाको माध्यामिक विद्यालय मरिण हायुटार र माध्यामिक विद्यालय अमले, छनौट भएका छन् ।
मरिण गाउँपालिकाको माध्यामिक विद्यालय खयरसाल र माध्यामिक विद्यालय कार्तिके छनोट भएका छन । भने,हरिहरपुर गाउँपालिकाकाको माध्यामिक विद्यालय महेन्द्रझ्याडी र क्यानेश्वर माध्यामिक विद्यालय पान्तले छानोट भएका छन ।

बाग्मती प्रदेश सरकारको एक बिद्यालय एक नर्स छनोटमा परेको विद्यालयहरुले नर्सको सुविधा पाउने छन् । जसले विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य सम्वन्धी समस्याको हेरचाह गर्नेछन् । एक विद्यालय एक नर्स कार्यक्रमका लागि छनौट भएको विद्यालयहरु एक नर्सको दरवन्दी रहने छ ।

प्रकाशित मिति : २०७७, ९ आश्विन शुक्रबार ००:००  २ : २१ बजे