२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी प्रवेश गर्दै गम्बुले भने ‘खिजीदेम्बामा अब चुनाव जितियो’



काठमाडौं गायन र समाजसेवामा सकृय खिजीदेम्बाका युवा गम्बु शेर्पा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ओखलढुंगा कला साहित्य समाजका अध्यक्ष समेत रहेका शेर्पा शनिवार राजधानीमा एक कार्यक्रमका बिच जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

शेर्पालाई पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरुले स्वागत गरेका थिए । ओखलढुंगाको खिजीदेम्बाका नेकपा र नेपाली कांग्रेसका सकृय नेता कार्यकर्ता सहित करिब ३ सय भन्दा बढीलाई पार्टी प्रवेश गराईएको नेताहरुको दावी छ ।

सकृय राजनीतिक यात्रा सुरु गरेका गम्बु शेर्पाले आफ्नो गाउँको विकासका लागि राजनीतिमा लागेको बताए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी प्रवेशको लहरले आगामी चुनाव जित्ने संकेत गरेको दावी गरेका छन् । ‘म आफ्नो गाउँबाट विकास गरेर देश निर्माणमा योगदान गर्न राजनीतिमा लागेको हुँ ।’ उनले भने, ‘पार्टी प्रवेशको उत्साह हेर्दा लाग्यो खिजीदेम्बाको चुनाव अब जितियो ।’ अहिले सकृय नेपाली कांग्रेस र नेकपाले जनताका पक्षमा काम गर्न नसकेकाले वैकल्पिक शक्तिका रुपमा जनता समाजवादी पार्टी उदाउने उनको तर्क थियो ।

प्रकाशित मिति : २०७७, १० आश्विन शनिबार ००:००  ५ : ५९ बजे