काठमाडौं । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको हो ।
डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












