२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित भागे



जनकपुर – प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति भागेका छन् । आइसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति भागेका हुन् ।

मानसिक स्थिति ठिक नभएका ४० वर्षिय पुरुष संक्रमित आइतबार बिहानै झ्याल फोडेरै भागेकाे धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत छन्।

यसअघि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका दुई जना कोरोना संक्रमित भागेका थिए। पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०७७, ११ जेठ आइतबार ००:००  ६ : ३३ बजे