काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएपछि मानव स्वास्थ्यमा हानी पु¥याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न आग्रह गरेको हो ।
सोमबार एक सार्वजनिक सुचना जारी गर्दै विभागले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण सेनिटाइजरमा पाइएकाले त्यसले मानव स्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने उल्लेख गरेको छ । त्यस्ता सेनिटाइजर प्रयोग नगर्न र त्यस्ता सेनिटाइजरको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्न समेत विभागले आग्रह गरेको छ ।
विषाक्त रसायन मिसाएको पाइएपछि विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले आज एक सूचना जारी गरी ती कम्पनीका स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक्न लगाउन निर्देशन दिएको हो ।
जसमा हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन् । यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनर प्रयोग नर्गन विभागले अनुरोध गरेको छ ।
यसअघि पनि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो । कोरोना भाइरस महामारीपछि बजारमा सेनिटाइजरको माग अत्याधिक रहेको छ ।












