२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनका दुई स्थानमा सशस्त्रको बीओपी स्थापना



काठमाडौं । चितवनमा सशस्त्र प्रहरी बलको २ वटा बोर्डर आउट पोस्ट बीओपी स्थापना गरिएको छ । चितवनको माडि नगरपालिका–१ गर्दिस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडानं. ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा एकैदिन बीओपी स्थापना गरिएको हो ।

मर्ज भएपछि खालि रहेका विद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दीपक कुमार थापाले जानकारी दिए । असोज ११ गते सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बीओपी उदघाटन गरेका हुन् ।

दुवै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको छ ।

बीओपी स्थापनासँगै चितवनको सीमा क्षेत्रमा स्थानीयले सुरक्षित महसुस गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार ००:००  ९ : ५४ बजे