२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरुङभित्र ढुंगाले किचेर मजदुरको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुमा सुरुङभित्र ढुंगाले किचेर एक मजदुरको मृत्यु भएको छ । सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङ्भित्र ढुङ्गाले लागेर गम्भिर घाइते भएका श्रमिकको उपचारका क्रममा मृत्यु भएको हो ।

निर्माणाधीन ८६ मेगावाटको हाईड्रोपवारको अडिट नं. ४ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर शुक्रबार लिखुपिके गाउँपालिका–५ का ३६ वर्षीय रबि थामी घाईते भएका थिए । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । घाइते भएका श्रमिकको उपचारका क्रममा निधन भएको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

थामीको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार ००:००  ११ : ०५ बजे