काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् ।
‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा रिपोर्ट पोजेटिभ देखिएको ढकालले एक सूचनामा लेखेका छन् ।
तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताए ।
केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।












