चितवन । चितवनमा प्रहरीका प्रवक्ता तथा डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार सार्वजनिक गरिएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो।
संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको र उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको प्रहरी उपरीक्षक नान्तिराज गुरूङल बताए।
कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए।
यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ।
२०७७, १२ आश्विन सोमबार ००:००
0
Shares












