२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाघको आक्रमणबाट एकजनाको मृत्यु




चितवन । चितवनमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ ।चितवन पूर्वी चितवनको रत्ननगर नगरपालिका-६ का ५५ वर्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । जरायो मारेर शिकार गरिरहेको अवस्थामा घाँस काट्दै उनी त्यहाँ पुगेपछि बाघले एक्कासी आक्रमण गरेको राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामकले बताए ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार ००:००  १२ : ४८ बजे