काठमाडौं । नुवाकोटका पत्रकार शिव देवकोटामाथि आक्रमण गरेको अभियोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव जगदिश खनाल पक्राउ परेका छन् ।
नुवाकोटका एसपी तुलबहादुर कार्कीका अनुसार खनालसहित कपिलदेव खनाल र सदस्य सुजित भण्डारीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेको र विपक्षी मध्ये एक पक्राउ परिसकेको अन्य दुई जनाको खोजी कार्य जारी रहेको नुवाकोटका एसपी तुलबहादुर कार्कीले बताए ।
आक्रमणमा परेका पत्रकार प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











