२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कारीलाई फाँसी दिने कानुन चाहियो :महिला सांसद




काठमाडौं । महिला सांसदहरुले बालिका बलात्कार गर्नेलाई नपुंसक वा मृत्युदण्ड कानुन बनाउन बनाउनुपर्ने माग गरेका छन् ।
३० महिला सांसदस हभागी छलफलमा सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने बताएका हुन् ।
सांसद शान्ति माया पाख्रिनले २१ वर्ष मुनिका महिलालाई बलात्कार गरे फाँसी हुने कानुन चाहिने बताइन् त्यस्तै सांसद बिमला राई पौड्यालले जनप्रतिनिधिले मिलापत्र गराउदा धेरै घटना बाहिर नआएको बताइन् ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरिन् । शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर छलफल गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार ००:००  ३ : ५२ बजे