२०८२, २७ चैत्र शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १ हजार ३५१जनामा कोरोना संक्रमण पुष्टि



सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ।

सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ छ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार ००:००  ४ : ३२ बजे