२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु




काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको सोमबार बिहान साढे ८ बजे उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको हो ।

असोज ५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
जगनाथपुरमा नै रहँदा भदौ १९ गते उनलाई रुघाखोकी र ज्वरो आएको थियो । यता एक्लै भएकोले उनी बिदा लिएर घर गएका थिए । घरमा गएर आराम गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि उनलाई उपचारका लागि जनकपुरमा लगिएको थियो । चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार ००:००  ७ : ५३ बजे