२०८१, २६ बैशाख बुधबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सागर थापा मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त



काठमाडाैं । चर्चित नेपाली फुटबलर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई मनास्लु वल्र्ड कलेजले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सोमबार होटल मेरियटमा भएको एक समारोहका बीच थापालाई मनास्लु कलेजले एम्बेसडरमा नियुक्त गरेको हो ।

काठमाडौंको चुच्चेपाटीमा रहेको मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.ली.द्धारा सञ्चालित मनास्लु वल्र्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामा र पूर्व कप्तान थापाले १ वर्षका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए ।

एम्बेसडरमा नियुक्त भएपछि थापाले मनास्लुसंगको सहकार्यले आफुलाई थप जिम्मेवारी थपिएको बताए । शिक्षासंगै खेलकुदको विकासका लागि मनास्लुले गरेको कदको समर्थनका लागि आवद्ध भएको भन्दै उनले आफ्नो तर्फबाट गर्नुपर्ने जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.ली. तथा मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीमा भएको खेलकुदको क्रेजलाई मध्यनगर गर्दै फुटबल खेलको विकासका लागि नेपाली फुटबलर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको बताए । अध्यक्ष लामाले युवा उद्धमीको बहु आयामिक पक्षलाई जोड्नका लागि मनास्लु टिम अफ इन्टरप्रिनरको जन्म भएको बताए ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल राजन श्रेष्ठले पूर्व कप्तान सागर थापा कलेजको एम्बेसडर बन्दै हुनुहुन्छ भन्ने कुराबाट प्रेरित हुँदै नेपाली राष्ट्रिय फुटबल टिमका यू १६ कप्तान जान लिम्बुसंगै एन्फाका अन्य खेलाडीहरु पनि मनास्लुमा भर्ना भइसकेका जानकारी दिए । सोही प्रतिवद्धताको कार्यन्वयनका लागि थापासंग एम्बेसडरको लागि सम्झौता गरिएको उनले बताए ।

समारोहमा मनास्लु इन्टरप्रिनर प्रा.ली.का बोर्ड टिम, सञ्चारकर्मी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार ००:००  ७ : ५८ बजे