काठमाडौ । सवारीसाधनमा जोरबिजोरको नियम उल्लंघन गरेको आरोपमा प्रहरीले मंगलबार बिहान ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो।
जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि चेकजाँच बढाउँदा विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको तथा धेरैजसो मोटरसाइकल रहेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने उनले बताए।











