२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होटल साहुले कुट्दा ग्राहकको मृत्यु



विराटनगर । होटल साहुल कुटपिट गर्दा मोरङमा एकजना ग्राहकको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका(७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।

आइतबार राति तामाङको कुटाईबाट बेहोस भएका ३५ वर्षीय सुशील मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक आइतबार राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो ।

श्रीमान श्रीमतीको विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले बताएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार ००:००  १२ : २२ बजे