२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुस लिएको अभियोगमा चार प्रहरीको निलम्बन




झापा । घुस लिएको अभियोग लागेपछि इलाका प्रहरी कार्यालय दमकका चारजना प्रहरी निलम्बनमा परेका छन् । उनीहरु माथि विभागीय छानबिन शुरु भएको छ ।

निलम्बनमा पर्नेहरुमा प्रहरी सहायक निरीक्षक भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भीमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल छन् ।

मल व्यापारीसँग ६५ हजार घुस लिएको खुलेपछि उनीहरुमाथि विभागीय कारबाही शुरु गरिएको हो । आवश्यक छानवनका लागि उनीहरुलाई निलम्बन गरिएको दमकका प्रहरी प्रमुख डिएसपी विजयराज पण्डितले बताउनु भयो । -रेडियो नेपाल

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार ००:००  १२ : ४५ बजे