२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब एउटै प्रकृतिका दुइटा सहकारीमा सदस्य बन्न नपाइने



काठमाडौं । कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुइटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ।
सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो।
ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ।
सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरू पनि दोहोरो सदस्य बस्न नपाउने भएका हुन्।
विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिए।
सहकारीको निर्देशन अटेर गरेमा सहकारी कानून परिपालन नगर्दा हुने कानूनी सजाय गरिने उनको भनाइ छ। यस अन्तरगत दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
सहरी क्षेत्रका अधिकांश व्यक्तिहरू एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य छन्। हाल सहकारीका सदस्यको संख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिए।विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुने उनको भनाइ छ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार ००:००  १ : १४ बजे