२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबरजस्ती करणीको आरोपमा वडा सचिव पक्राउ



जनकपुर । जबरजस्ती करणीको आरोपमा वडा सचिव पक्राउ परेका छन्। महोत्तरीको महोत्तरीको भंगहा नगरपालिका ९ स्थित मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव पक्राउ परेका हुन्।

सोही वडाका एक महिलालाई भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले बुधबार साँझ जबरजस्ती करणी गरेको महिलाको आरोप छ । घटनापछि बिहीबार ९ बजेतिर आरेपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए ।

बजारबाट घर जाँदै गरेको अवस्थामा बुधबार साँझ राती बलात्कारको प्रयास गरेको प्रहरी प्रमुख उपरिक्षक केसीको भनाइ छ । महिलाले दिएको बयानका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको छ, थप अनुसन्धान मेडिकल परीढण पछि मात्र खुल्छ,’ प्रहरी उपरीक्षक केसीले भने ।

अहिले वडा सचिव यादवलाई प्रहरी हिरासतमा राखिएको छ । स्थानीयका अनुसार वडा सचिव यादव राती अत्याधिक मदिरा सेवन गरेका थिए । अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार ००:००  १२ : ५२ बजे