२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपन्नको सारथी बन्दै समाजसेवी युवा देव कोईराला




काठमाडौं – नेपाली कांग्रेसका युवा नेता समाजसेवी देव कोईरालाले विपद्मा परेका विपन्नलाई सहयोग गरेका छन् । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वाड न.६ स्थायी घर भई अहिले काठमाडौंमा बसोबास गर्ने कोईरालाले कोरोनाको कहरमा परेका विपन्न नागरिकलाई सहयोग गरेका हुन् ।

विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले दुई महिना लामो लकडाउन गरेपछि श्रमिक र निम्नवर्गिय परिवार समस्या छन् । अझ अपाङ्गता भएका र सहारा बिहिन वृद्धवृद्धाहरु खाना अभावमा गुज्रिएका छन् । त्यस्ता मानिसलाई समाजसेवी कोईरालाले व्यक्तिगत खर्चमा खाद्यन्न सहयोग गरिरहेका छन् ।

काठमाडौंको महाङकाल ओरालो, तेन्जिङचोक, बौद्ध रामहिटी लगायतका स्थानमा बसोबास गर्ने विपन्न परिवारले सहयोग पाएका हुन् ।

खेलकुद राजनीति, व्यवसाय र समाजसेवालाई एकैसाथ अघि बढाएका समाजसेवी कोईरालाले समस्यामा परेकालाई सक्दो सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७, ११ जेठ आइतबार ००:००  १२ : ४४ बजे