२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृद्ध भत्ता पाँच हजार पु¥याउछौं : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकहरुले मासिक तीन हजारका दरले पाउँदै आएको वृद्धभत्ता यही सरकारले नै वृद्धि गरी पाँच हजार पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रिय जेष्ठ नागरिक महासंघले आज काठमाडौंमा भर्चुअल रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालिन नेकपा एमालेको सरकारले जेष्ठ नागरिकको सम्मान स्वरुप वृद्धभत्ताको सुरुवात गरेको स्मरण गनुहुँदै अहिले उहाँले जेष्ठ नागरिकले पाउनुपर्ने भत्ता घरमै पु¥याइदिन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

जेष्ठ नागरिकहरुले पाउनुपर्ने सुविधा पर्याप्त नभएको भन्दै प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकहरुलाई ज्ञानको भण्डारका रुपमा सिक्ने र नयाँ पिढीँमा ज्ञान हस्तान्तरण गरिनुपर्नेमा जोड दिनुभयो । -रेडियो नेपाल

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार ००:००  ३ : ५३ बजे