२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वामदेवविरुद्धको मुद्दामा सुनुवाई हुँदै




काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै दायर मुद्दामा सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आजको सुनुवाईमा गौतमका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने र उनीहरुको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् ।
अन्त्यमा निवेदकले जवाफ दिने समय पाउनेछन् । बहस नलम्बिए उक्त मुद्दाको फैसला आजै हुने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । यसअघि गत बुधबार रिट निवेदकले बहस गरेका थिए । सोही दिन सरकारका तर्फबाट महान्यायाधिवक्तासहितले बहस गरेका थिए । सर्वोच्चले यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भइ पराजित गौतमलाई उही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने रिट निवेदकहरुको जिकिर छ । -रातोपाटी

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  १ : २१ बजे