२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आधा केजी सुनसहित दाजु– बहिनी पक्राउ



बुटवल । भारततर्फ लैजाँदै गरेको आधा केजी सुनसहित प्रहरीले कपिलवस्तुमा दुई जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा आधा केजी सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता पक्राउ परेका हुन् ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

बरामद सुन र पक्राउ परेका दाजु–बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको उनले बताए ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  २ : ०० बजे