२०८३, २ असार मंगलबार | Wed Jun 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर २ हजार ७२२ संक्रमित थपिए,




शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिनमा थपिने यो हालसम्मकै धेरै संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। यस अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  ४ : ३२ बजे