२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बामदेवविरुद्धको मुद्धा हेर्दाहेर्दैमा, आगामी बुधबार सुनुवाइ हुने



काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाइ राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा परेको रिट पुनः हेर्दाहेर्दैमा राखिएको छ । सुनुवाई नसकिएपछि बाँकी सुनुवाई बुधबारसम्म सरिएको हो ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भइरहेको छ ।

बुधबार नसिकएपछि शुक्रबारका लागि सारिएको सुनुवाई अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । उक्त रिटमा असोज ७ गते प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सांसद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार ००:००  ५ : ५७ बजे