२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं. ५ को राजधानी कपिलवस्तु बनाउन माग गर्दै अनशन सुरु



कपिलवस्तु । प्रदेश नं. ५ को स्थायी राजधानी कपिलवस्तु बनाउन माग गर्दै रिले अनशन सुरु गरिएको छ ।

अनशन बस्नेहरुमा समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता, सन्तोष कसौधन र बृजेश भटरा छन् । प्रदेशको नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु हुनुपर्ने मागसहित अनशन बसेको रउफ अहमद खाले बताए ।

प्रदेश नं. ५ को परासीदेखि बर्दियासम्मको जनतालाई पायक पर्ने स्थान कपिलवस्तु नै भएको उनको भनाइ छ । कपिलवस्तुलाई राजधानी नबनाउँदासम्म रिले अनशन जारी रहने उनीहरुले बताएका छन् ।

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउनु पर्ने प्रस्ताव प्रदेश सभामा पेस भएको छ । सो प्रस्तावमाथि १९ असोजदेखि छलफल सुरु हुँदै छ ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आइतबार ००:००  ११ : ०२ बजे