२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुनपा -१० का जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो दायित्व : वडा अध्यक्ष भट्टराई



काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं-१० का वडाअध्यक्ष नवराज भट्टराईले बृद्धबृदालाई विश्व भर फैलिएको कोरोना महामारीबाट जोगाउन हामी सबैले आफ्नो आफ्नो ठाऊँबाट प्रमुख भूमिका खेल्नु पर्ने बताएका छन् । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बु.न.पा-१० ले आयोजनामा गरेको जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो दायित्व विषयक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

वडाअध्यक्ष भट्टराईले निकट भविष्यमा वडाले जेष्ठ नागरिक ज्ञान केन्द्र समेत बनाउने योजना रहेको तथा केन्द्रमा प्रत्येक जेष्ठ नागरिकको ज्ञान सिप र बिज्ञताको भण्डारण गरिने र त्यस ज्ञान सिपलाई विद्यार्थीले खोज तथा अनुसन्धान गर्न सक्ने रिसर्च सेन्टरको रुपमा समेत बिकास गर्ने लक्ष्य समेत रहेको यस्तै जेष्ठ नागरिकको योग्यता, क्षमता अनुसारको काम गर्ने वातावरण मिलाइने प्रोजेक्ट बनाई कार्य गरिने र जेष्ठ नागरिकको हेरचाह गर्ने डे केयर सेन्टर तथा जेष्ठ नागरिकको रुचि अनुसारको मनोरनञ्जन समेत प्रदान गरिने बताए ।

यस्तै जेष्ठ नागरिकको हेरचाह गर्ने तालिम प्रदान गरिने र त्यस्ता जनशक्तिलाई घर घरमा सेवा प्रदान गर्न परिचालित गरिने ,परियोजनाको भवन तथा अन्य पुर्वाधार समेत बनाउने जस्ता योजना रहेकाे उनले बताए ।

कार्यक्रममा कोरोना माहामारीलाई मद्ध्यनजर गर्दै रोग प्रतिधात्मक क्षमता बढाउनको लागि वडाबाट बृद्ध भत्ता लिने सत्तरी काटेका करिब ३१८ बृद्धबृदालाई सहयाेग गरेको थियो ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आइतबार ००:००  १२ : ३० बजे